Close
प्रिमियर इन्स्योरेन्स NPI मा आबद्ध हुने पहिलो निर्जिवन बीमा कम्पनी

काठमाडौं-प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

03

उक्त सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने पहिलो निर्जिवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई NCHL-IPS र connectIPS प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भेयर शुल्क, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो खाता भएका बैंक खाताहरुबाट सोझै रकमान्तर गर्न सक्नेछ । यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

यसरी NPI मा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूणर् भुक्तानीहरु पूणर् स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । NPI सँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको software पार्टनर अरहान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूणर् भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।

01

प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी र्जिवन तथा निर्जिवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत connectIPS बाट भुक्तानी गर्दै आएका छन् । साथै ७ र्जिवन बीमा कम्पनीहरु यस अघि नै NPI मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएकोे ल्एक्ष् सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।