Close

क. कम्पनीमा उपलव्ध सेवाहरु
निर्जीवन बीमा सम्बन्धि हरेक प्रकारका बीमाहरु ।

ख. सम्बन्धित ऐन नियमहरु
कम्पनी ऐन २०६३, बीमा ऐन २०४९, बीमा नियमावली २०४९, अन्य सम्बन्धित ऐन नियमहरुको साथै बीमा समितिको निर्दे्शिका, नियम तथा परिपत्रहरु ।

ग. बीमालेख तयार पार्न चाहिने कागजपत्रहरु

  • सबै प्रकारका बीमालेखहरुः प्रस्ताव फारम
  • सवारी साधन बीमाः सवारी साधन दर्ता पुस्तिका (ब्लु बुक) को फोटोकपी र कम्पनीले दिएको नविकरण सूचना
  • सामुद्रिक बीमाः प्रतित पत्र, लदान पत्र, विजक, पूर्व विजक,चलान आदी
  • ठेकेदारको सम्पूर्ण जोखिम बीमाः ठेकेदारको मालिकसित भएको करारनामा, गर्नु पर्ने कामको विवरण (BOQ)
  • विदेश यात्रा बीमाः पासपोर्टको फोटोकपी
  • अन्य बीमालेखको लागिः कम्पनीको माग बमोजिम अन्य कागजातहरु ।

घ. बीमालेख तयार गर्न लाग्ने समय
प्रस्ताव फाराम सहित आवश्यक कागजपत्रहरु प्राप्त भएपछि साधारण बीमालेखको लागी बढीमा ३ घन्टा
अधिक बीमांक रकम र जोखिम सर्वेक्षण गर्नुपर्ने अवस्थामा २ दिन

ङ. बीमालेख र नविकरणको लागि तिर्नु पर्ने शुल्क
बीमालेखको कर विजकमा उल्लेख भएको बीमाशुल्क र टिकट दस्तुर तथा मू.अ.क.को जम्मा रकम ।

च. नविकरणको सूचना
बीमालेखको अवधि समाप्त हुनु भन्दा १ महिना पहिले नविकरणको लागि सूचना पठाइन्छ । नविकरणको सूचना गा्रहकहरुलाई  कम्पनीमा उपलब्ध भएको ठेगाना, इ मेल, SMS मार्फत तथा सोझै फोन बाट जानकारी गराइन्छ ।

छ. बीमा दावी कहाँ गर्ने
कम्पनीको केन्द्रीय कार्यालयमा रहेको दावी विभाग लगायत कम्पनीका कुनै पनि शाखा कार्यालयहरुमा ( हेर्नुस प्रिमियर इन्स्योरेन्सको शाखा संजाल) अथवा claim@picl.com.np  मा सिधै इमेल पठाएर ।

ज. दावी फछर्योट हुन लाग्ने समय
र्सर्भेयरको अन्तिम प्रतिवेदन प्राप्त भएर आवश्यक सम्पूर्ण कागजपत्रहरु प्राप्त पछि ७ दिन भित्र ।

झ. शेयर सम्बन्धि कार्यहरु कहाँ गर्ने
शेयर सम्बन्धि सम्पूर्ण कार्यहरु कम्पनीको केन्द्रीय कार्यालयमा गरिन्छ ।

ञ. त्रैमासिक प्रतिवेदन प्रकाशन
बीमा समिति र नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम प्रत्येक तीन महिनाको लेखा सम्बन्धि विवरणहरु राष्ट्रिय दैनिक स्तरको पत्रिकामा प्रकाशन गरिन्छ ।

ट. गुनासो प्रक्रिया:
ग्राहकको गुनासोहरु, निम्न तरिकाहरुबाट समाधान गरिनेछ;
१) ग्राहकहरुको गुनासो, कम्पनीको वेबसाइटको फिडब्याक पेज मार्फत लिइनेछ । लिङ्क​: https://www.premier-insurance.com.np/feedback
२) ग्राहकहरुले कम्पनीको ग्राहक सेवा विभागमा आफ्नो गुनासो टिपाउन सक्नेछन ।
३) ग्राहकहरुले सम्बन्धीत​ विभागमा सम्पर्क गरी आफ्नो गुनासो टिपाउन सक्नेछन ।

  1. मर्केटिङ्ग ०१-४५१३५४३, ०१-४५३९३५३ [एक्स्टेन्सन ३०६]
  2. अन्डर्राइटिङ्ग ०१-४५१३५४३, ०१-४५३९३५३ [एक्स्टेन्सन​ १५६]
  3. दाबी ०१-४५१३५४३, ०१-४५३९३५३ [ऐक्स्तेक्स्टेन्सन १५२]
  4. प्रशासनः ०१-४५१३५४३, ०१-४५३९३५३ [एक्स्टेन्सन​ १०४]

४) ग्राहकहरुले कम्पनीमा राखिएको सुझाव पेटिकामा आफ्नो गुनासो तथा सुझाव​हरु छोड्न सक्नेछन ।

नाम: राजन लाल श्रेष्ठ
डेगिक्नेशन: अफिस्सर
फोन: ९७७-१-४५१३५४३, ४५३९३५३ एक्स्तेन्सन १५४

नाम: सारीन श्रेष्ठ
डेगिक्नेशन: सिनिएर अस्सिस्तेन्त
फोन: ९७७-१-४५१३५४३, ४५३९३५३ एक्स्त १८०

नाम: अर्चना खनाल
डेगिक्नेशन: जुनिओर अस्सिस्तेन्त
फोन: ९७७-१-४५१३५४३, ४५३९३५३ एक्स्त १५२